हारले छताछुल्ल कमजोरी, छोप्ने कि सुधार्ने ?
विद्यालय पढ्दाको बेला हो । शुक्रबार स्कूल छुट्टी भएपछि र शनिबार आलुको सिला खोजिन्थ्यो । त्यतिबेला आलु तीन रूपैयाँ किलो भए पनि सिला खोजेको आलु त्यसको आधामा बिक्थ्यो । कहिलेकाहीँ त खन्न बाँकी भएको एक दुई ड्याङ आलु नै ‘उडाइ’ दिन्थ्यौं । आलु अलि धेरै भयो भने सिला खोजेको आलु यत्ति धेरै हुन्छ ? भनेर ब्यापारीले हकार्थे । चोरेर ल्याएको होला भनी किन्न इन्कार गर्थे । अनि नयाँ आलु धनी खडा गरेर बिक्री गरिन्थ्यो ।
त्यो पैसा बचत गरेर मंसिरमा धान काटेको खेतमा खेलकुद…