वामपन्थी नै हैनौं भने किन कमरेड भनिरहने !
जो बाइडेन, ऋषि सुनक, नरेन्द्र मोदी आ–आफ्नो देशका कार्यकारी प्रमुख हुन् तर यिनीहरूमध्ये कोही पनि सम्बद्ध दलका अध्यक्ष होइनन् । ओली, देउवा, प्रचण्ड, माधवहरू भने आ–आफ्नो दलका अध्यक्ष/महासचिव हुन् र देशको प्रधानमन्त्री बनेका पनि हुन् । आजकै दिनको कुरा गर्दा प्रचण्ड माकेको अध्यक्ष तथा देशको प्रधानमन्त्री हुन् । साथै, मन्त्रिमण्डलमा सामेल रहेका अधिकांश मन्त्री पनि अपवादबाहेक तत्तत् दलमा केन्द्रीय पदाधिकारीको हैसियतमा छन् । राजनीतिक आबद्धताभन्दा बाहिरका र विषयविज्ञहरूले कुनै पनि मन्त्र…