के क्यामरुनको पुनः सत्ता यात्राले सुनकलाई बचाउला ?
डेभिड क्यामरुन पार्टी नेतृत्वको लागि तयार हुँदा केवल ३९ वर्षका थिए । त्यतिबेला हामी कुमारी रेष्टुरेन्ट चलाइरहेका थियौं । हाम्रोमा प्रायः आइरहने कन्जरभेटिभ पार्टीमा सक्रिय रुपमा लागेको एक परिवार पनि थियो ।
बाजेदेखि नातिसम्म अनि कहिलेकाँही स्थानीय साथीहरु हाम्रोमा जम्मा हुने, खाना खाने र राजनीतिक छलफल गर्दथे । म त्यतिबेला लेबोर पार्टीको सदस्य थिएँ । कुरै कुरामा देशले अब परिवर्तन चाहेको र त्यसको नेतृत्व क्यामरुनले गर्ने छन् भनेर सुनाए । डेभिस जस्तो परिपक्व र पूराना ने…