साहित्य

चर्चित उपन्यास ‘फिरफिरे’ बाट ‘मुनमुन’ बनाइँदै

साहित्यकार तथा लेखक बुद्धि सागरको दोस्रो उपन्यास ‘फिरेफिरे’ बाट नाटक मञ्चन गरिने भएको छ । उनको चर्चित उपन्यास ‘फिरफिरे’ बाट प्रेरित भएर ‘मुनमुन’ नाटक प्रदर्शन गरिने बताइएको छ । नाटकको लेखन तथा निर्देशन सम्राट भुजेलले गरेका छन् । श्रीसेस श्रेष्ठको सह–निर्देशनमा तयार पारिएको नाटकमा किशोर महर्जनको संगीत रहेको छ ।  मनीषा ओझा, प्रविन खरेल, सन्तोष गिरी, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह…