नागरिकताविहीनमाथि भएको दमनको संसदमा चर्को निन्दा
नागरिकताविहीन संघर्ष समितिको धर्नामा प्रहरीले दमन गरेको भन्दै प्रतिनिधिसभा बैठकमा सांसद अमरेशकुमार सिंहले आपत्ति जनाएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नागरिकताको माग राखेर भएको धर्नामा प्रहरीले गरेको दमन निन्दनीय रहेको बताए । उनले यस्ता कार्य तत्काल रोक्न मागसमेत गरेका छन् ।
‘केही दिनदेखि नागरिकता नपाएकाहरू माइतीघर मण्डलमा धर्नामा बसेका छन् । साथसाथै, संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनशनमा बस्नुभएको छ,’ सां…