रविका निम्ति छुट्टै कानुन,अदालत र आयोगले मानुन् नमानुन्
राजनीतिमा 'जान्नेलाई छान्ने' नीतिका प्रतिपादक हुन् पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । तर, प्रतिनिधिसभा सदस्य मनोनयन दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र चाहिन्छ भन्ने न्युनतम कुरा नजान्दा उनले सांसद र मन्त्री पदबाट हात धुनुपर्यो । मङ्सिर ४ को आमचुनावमा चितवन-२ बाट सांसद जितेका उनको नागरिकता सर्वोच्च अदालतले अवैध ठहर्याएपछि बैशाख १० गते सो क्षेत्रमा उपचुनाव हुँदैछ । पुन: माननीय भएर मन्त्री खाने दाउमा रहेका लामिछानेले उपचुनावका लागि उ…