केपी ओलीको राजीनामा माग्दै पूर्व अखिल अध्यक्ष शंकरतिर
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालले आगामी महाधिवेशनमा महासचिव शंकर पोखरेलको वैचारिक दिशालाई अघि बढाउन आग्रह गरेका छन् । उनले पार्टी बचाउन पोखरेलको आवश्यकता रहेको तर्कसहित सामाजिक सञ्जालमा उक्त शक्ति पदमा नभएर धारमा रहेको धारणा राखेका छन् ।
‘पार्टीलाई बचाउने शक्ति पदमा होइन,धारमा छ । शंकर पोखरेलको जस्तै स्पष्ट वैचारिक दिशा भए मात्र एमाले अडिन्छ र अघि बढ्छ’ उनको भनाइ छ । बडाल उनै हुन् जसले भदौ २३ गतेको गोलीकाण्डपछि …