माओवादी उम्मेदवारको टुंगो भाेलि बिहान
नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पदाधिकारी बैठक बोलाएको छ ।
पार्टी मुख्यालय परिसडाँडामा भोलि बिहान ११ बजे बैठक बस्ने उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उपनिर्वाचन हुने सबै स्थानीय तहमा भोलिको बैठकले उम्मेदवार चयन गर्ने उनले बताए ।
माओवादीले कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्ष पदमा यसअघि नै उम्मेदवार छनोट गरिसकेको छ । त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार…