ठूला दलहरु होलान् त ठहरै ?
जेनजी आन्दोलनले ल्याएको उथलपुथलसँगै परम्परागत र शक्तिशाली पार्टीहरूको धरातल भत्किएको अनुमान भैरहँदा भूगोलको वास्तविकता भने ठ्याक्कै त्यस्तो नरहेको विश्लेषण हुन थालेको छ । अहिलेकै अवस्था यथावत रहे आगामी निर्वाचन नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र (अहिले नेपाली कम्युनिष्ट पार्टी)लाई भन्दा साना दलहरूका लागि थप चुनौतिपूर्ण हुने अड्कल गर्न थालिएको छ ।
भदौ २३ र २४ को घटना मुख्यतः प्रमुख पार्टीका मूल नेतृत्वविरुद्धको बिष्फोट थियो । ३५ वर्षदेखि आलोपालो सत्तामा रहेका शेर…