भीम रावल निवासमा अलि अलि गर्दै समर्थकको भीड
नेकपा (एमाले)बाट निकालिएका पूर्वउपाध्यक्ष डाक्टर भीमबहादुर रावलको टोखास्थित निवासमा एकाएक चहलपहल बढेको छ । उनको पार्टी सदस्यता खोसिएको दिन बुधबार साँझदेखि त्यहाँ नेता–कार्यकर्ताको जमघट बढेको हो ।
अध्यक्ष केपी शर्मा ओलीबाट हेपिएका, जिम्मेवारी खोसिएका र 'उपाध्यक्ष-महासचिव' गुटबन्दीको चेपुवामा पारिएका जिल्ला र प्रदेश तहका कार्यकर्ता रावलको ‘आगामी राजनीति यात्रा’बारे छलफल गर्न टोखा पुगिरहेको बताइएको छ । रावलनिकट स्रोतकाअनुसार हिजो दिउँसो …