सभापतिकी श्रीमतीको कारण सांसदहरुबीच नोकझोक
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुबीच नोकझोक चलेको छ । चार महिनापछि बसेको बैठकमा माओवादी केन्द्रका सांसदले समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । सांसद अमनलाल मोदीले सभापति पोखरेललाई राजीनामाबाट मार्गप्रशस्त गर्न आग्रह गरे ।
‘सहकारीको कुरामा तपाईंको परिवार (पत्नी अञ्जना कोइराला) पनि जोडिएपछि प्रश्न उठेको छ, समितिकै सभापतिमाथि यति गम्भीर प्रश्न उठेपछि केही न केही बोल्नुपर्छ’, उनले भने,…