जानै लागेका हुन् र हाम्रा प्रधानमन्त्री दिल्लीतिर ?
के निकट भविष्यमै प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण हुन लागेको हो ? अन्तर्राष्ट्रिय मामिलामा सरोकार राख्ने धेरैलाई चासोको विषय हो, यो । तर, यसको भरपर्दो जवाफ दिन सक्ने अवस्थामा भने कोही पनि छैन । स्वयं ओलीले झापा पुगेर आफू चाँडै भारत जाने घोषणा गरे पनि उनलाई औपचारिक निम्ता आजका मितिसम्म आएको छैन । त्यसैगरी, उनी निकटस्थहरू प्रधानमन्त्रीको भारत भ्रमण गराउन अहोरात्र खटिरहेका छन् ।
समाचार स्रोतका अनुसार चर्चित बिचौलिया दीपक भट्टको संयोजनमा भारत गएका उद्योगमन्त्री दामोदर भण्डा…