डोटीमा सर्लक्कै टीम रावल, अन्यत्र संस्थापनलाई धक्का
डोटीमा एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावल पक्षले सर्लक्कै जित हात पारेको छ । रावलले एमाले छाड्दा उनीहरुले पनि एमाले छाड्ने जोड घटाउ गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरहरुले एक वर्षदेखि विभिन्न बहानामा अधिवेशन रोक्दै आएका थिए ।
अधिवेशनका लागि जिल्लाभर प्रतिनिधि छानिपछि आयोजक कमिटीमा रहेकाहरुको कानुनी हैसियत उठाउँदै मुद्दा दायर भएपछि अधिवेशन लम्बिएको हो । आयोजक कमिटीमा रहेका १२७ जना बाहिरिएपछि आफूहरुको समूहको जित निश्चित रहेको आकलन गर्दै…