एमालेले कुरो बङ्ग्यायो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत मीटरब्याजीमाथि कार्वाही गर्ने ऐन रोक्न प्रतिपक्षी एमालेले संसद अवरोध गर्न खोजेको बताउनुभएको छ ।
मीटरब्याजविरुद्ध ऐन संशोधन प्रतिनिधिसभाबाट पारित गर्न नदिने उद्देश्यले एमालेले आफूमाथि अनेक आरोप लगाएर कुरा बटारेको उहाँले दाबी गर्नुभयो । एमालेको नाम नलिई प्रधानमन्त्रीले भन्नुभयो, ‘कतिपय दललाई मीटरब्याजीलाई कारबाही गर्न खोजेको मन परेको छैन । भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन । यसलाई रोक्न संसद अवरु…