माओवादीको विद्रोही र बाबुरामका विद्यार्थीको संयुक्त आन्दोलन घोषणा
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को कार्की खेमा र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले शैक्षिक सुधारका लागि मिलेर आन्दोलन गर्ने भएका छन् ।
आज जारी संयुक्त विज्ञप्तिमा क्रान्तिकारीको विद्रोही पक्षका संयोजक पवन कार्की र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले तीन बुँदे माग राखी आन्दोलन घोषणा गरेका हुन् । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने र विश्वविद्यालयमा शैक्…