प्रहरीका बहालरत र भूपू हाकिमसँग गृहमन्त्रीको लामो छलफल
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीनवटै प्रहरी संगठनका बहालरत र पूर्वप्रमुखहरुसँग सामूहिक छलफल गर्नुभएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान कुराकानी भएको हो । बिहान ८ देखि साढे ११ बजेसम्म चलेको साढे तीनघण्टा लामो छलफलमा दुवै प्रहरी संगठनका पूर्वआइजीपीहरु, पूर्वएआइजीहरु र राष्ट्रिय अनुसन्धान विभागका पूर्वनिर्देशकहरू सहभागी थिए ।
साथै, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आइजीपी बसन्त कुँवर, सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्याल, मुख्य अ…