देशव्यापी रुपमा ‘भिटामिन ए’ औषधि खुवाइने
सरकारले राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । भोलि र पर्सि देशव्यापी रुपमा बालबालिकाहरुलाई ‘भिटामिन ए’ र ‘जुकाको औषधी’ खुवाउन लागिएको हो ।
६ देखि ५९ महिनाका बालबालिकालाई ‘भिटामिन ए’ र १२ देखि ५९ महिनाका बालबालिकालाई ‘भिटामिन ए र जुकाको औषधि’ खुवाउने कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उक्त उमेर समूह बालबालिकालाई नजिकैको वितरण केन्द्रमा गएर औषधि खुवाउन आग्रह गरेको छ । साथै, मन्त्रालयले वितरण केन्द्रमा जाँदा …