गाडी थन्क्याएर साहुजीहरु सडकमा
सरकारले सात वर्षअघि समायोजन गरी तोकेको भाडादर अझै कार्यान्वयन नगरेको भन्दै ट्रक व्यवसायीहरूले आन्दोलनको सुरसार कसेका छन् । समयअनुकूल भाडादार कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले व्यवसाय ठप्प पार्ने चेतावनी दिएका हुन् ।
लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले तेलको मूल्य पटक-पटक बढ्दा पनि भाडा समायोजन नहुँदा व्यवसाय नै धरापमा परेको बताए । ’हामीले सस्तोमा सेवा दिए पनि उपभोक्ताले यसको फाइदा नपाएर दलाललाई कमाउने बाटो भएको छ,अति नै भएपछि बिस्फोट…