चोलेन्द्रको तलब चैट
संवैधानिक परिषद बैठकको निर्णयमा लेखियो – प्रधन्यायाधीश चोलेन्द्रशमशेर जबरा अवकाश भई रिक्त पदमा न्यायाधीश हरिकृष्ण कार्कीलाई नियुक्त गर्ने । यसको अर्थ हो– चोलेन्द्रको अवकाश स्वभाविक प्रक्रियाबाट भयो । तर, महाभियोग छिनोफानो नहुँदै उमेर हदका कारण सेवानिवृत्त भएका चोलेन्द्र समशेरले पेन्सन भने पाएका छैनन् ।
चोलेन्द्रको पेन्सनमात्र रोकिएको छैन महाभियोग लागेपछि निलम्बनमा परेका उनको त्यसयताको तलब–भत्तासमेत रोक्का छ, कर्मचारीहरुले तलब खान पाएका छैनन् । चोलेन्द्…