सुन तस्कर समात्न जाँदा विदेशी युवतीको हुल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको घटनाको बाँकी अनुसन्धान सिआइबीले गर्दैछ । राजश्व अनुसन्धान विभागले आफ्नो तर्फबाट प्रारम्भिक अनुसन्धान सकेर प्रहरीलाई जिम्मा लगाएको हो । चिनियाँ र भारतीय नागरिकसहित १९ जना पक्राउ परेको यस प्रकरणको बहुआयामिक कोणबाट अनुसन्धान अघि बढिरहँदा विदेशीहरूले नेपालमा तस्करीको ठूलो साम्राज्य नै चलाइरहेको निश्कर्षमा अधिकारीहरू पुगेका छन् ।
यसअघि राजश्वको टोलीले तस्करहरूको सम्भावित अखाडामा छापा मार्दा त्यहाँ फेला परेका प्र…