साप्ताहिक समाचार

चारैतिरबाट उनीमाथि चेपुवा

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड चौतर्फी घेराबन्दी र चेपुवामा छन् । आफैंले भनेअनुसार यसै साताभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराउन मधेसी मोर्चा र मधेसी जनजाति गठबन्धनको तीव्र दबाब छ । उनी भारतबाट फर्किएलगत्तै उपेन्द्र यादव संविधान संशोधन प्रक्रिया अघि नबढाए छठलगत्तै आन्दोलनको सामना गर्न चेतावनी दिएर युरोपतर्फ उडेका छन् । भेटमा उपेन्द्रले सुनसरीको केही भाग र मोरङलाई २ नम्बर प्रदेशमा राख्ने तथा पश्चिममा नवलपरासीदेखि कैलालीसम्म एउटै प्रदेश बनाउने प्रस्तावबाट आ…