संसदलाई कि मर्यादित बनाऊँ कि होल्डमा राखौं
संसददेखि सडकसम्म राजनीतिक, सामाजिक र साँस्कृतिक अराजकता अति बढ्यो । अराजकता, विकृति र बेथिति बढाउने हर्कत गरियो । राजनीतिक संस्कार र संस्कृतिको वृद्धिमा सहयोगी र निर्णायक भूमिका हुने दलका नेताका बोली र व्यवहार फरक भए । अगाडि बसेका चार दर्जन दर्शकलाई मनोरञ्जन दिन नेताले बोल्ने हल्का, अनुत्तरदायी र हावादारी गफले लोक हँसायो ।
प्रधानमन्त्री स्वयं ‘मुँढेको आलुजस्तो’ जुन तरकारीमा मिसाएर, जे पनि बनाउन मिल्ने ‘वस्तु’ जस्ता भए । दासप्रथा हट्यो । …