गोरु रोकेको ठीक, सिपाही कुटेको बेठिक
ड्युटीमा खटिएका सिपाही र हवल्दारलाई पानीमा चोपल्दै चुटेका सशस्त्र प्रहरी बल, नेपालका इन्स्पेक्टर नवप्रभात राई एक थोकमा ठीक, अर्को थोकमा गलत ठहर भएका छन् । रातको समय ड्युटीमा रहेका सशस्त्र प्रहरीले गोरु तस्करी गराएको भनी खोलामा चोपल्दै बाँसको भाटाले हिर्काउने राईका सही र गलत कदमको एआइजी चन्द्रप्रकाश गौतम नेतृत्वको अनुसन्धान टोलीले रौंचिरा केलाएको हो ।
जेठ ३० गते दिउँसो राईसहितको टोली घुमुवाको रुपमा सूचना संकलन गर्न झापा पुगेको थियो । बराह बाहिनी सुनसरीबाट खटिएका…