साँच्चै कुरा बिग्रियो कि श्रीमान् !
सर्वोच्च अदालतमा सोमबार एक हुल महिला पुगे, मुद्दामा सरोकारवाला कायम राख्न । महिलाको एउटा हुल, त्यो पनि विराटनगरतिरैका ! सर्वोच्चमा प्रधानन्यायाधीशलाई चुक्ली लगाउनेको के कमी छ र ? कुरा पुग्यो र दर्तामा हल्लिरहेका महिला बोलाइए प्रधानन्यायाधीशकहाँ ।
‘के गर्न आउनुभयो ? जे भए पनि म तपाईंहरुलाई सहयोग गर्न सक्दिनँ । जे गर्नुपर्छ गरे हुन्छ’ भन्दै पाँच महिलाका सामु प्रधानन्यायाधीश इजलाशमै कड्किइन् । सामान्यतया मुद्दाका पक्षसँग न्यायाधीशले बेञ्चमै बसेर कुराकानी गर्दैनन् । मुद्…