राष्ट्रपतिको रात्रिभोज किन खाँदैनन् भारतीय राजदूत
हामी सबैलाई थाहा छ, हालको संविधान २०७२ सालमा जारी भएको थियो । अनि यो पनि स्मरणमा छ कि संविधान जारी हुँदा छिमेकी भारत नेपालसँग रिसायो । यतिसम्म कि यही संविधान जारी गरेबापत नेपालले घनघोर, कठोर नाकाबन्दीको सकस ६ महिनासम्म झेल्नुपरेको थियो । त्यसबेला दिल्लीको भनाइ थियो, ‘हालकै अवस्थामा संविधान जारी गर्नु हुँदैन, रोकिनुपर्छ ।’ आफूले भने भन्दा फरक प्रकृतिको संविधान जारी हुन गइरहेको अवस्थामा भारतले त्यसबेलाका विदेश सचिव एस. जयशंकर (जो हाल विदेशमन्त्री छन्) …