मध्यरातमा हवाई आक्रमणपछि नेपालीभाषीहरुको भागाभाग
म्यान्मारमा जारी गृहयुद्धमा त्यहाँको सत्तासीन सेनाले ‘सानो नेपाल’ भनेर चिनिने मोगोक शहरको ल्येऊ टोलमा घातक हवाई आक्रमण गरेको छ । सशस्त्र विद्रोही दस्ता ताआङ सेनाले आफ्नो नियन्त्रणमा लिएको माण्डले क्षेत्रको मोगोकमा ‘जुन्ता’ले हवाई आक्रमण गर्दा एकजना नेपालीभाषीसहित तीन जनाको मृत्यु भएको जनाइएको छ ।
‘क्रूर सेनाले हाम्रो शहरमा राति बम खसालेको छ । हाम्रो टोलका सबै घर बमले उडाएको छ । बम लागेर एकजना नेपालीभाषी दाजुको पनि मृत्यु भएको छ । अन्य धेर…