पूरानो विश्वविद्यालयलाई पूर्णरुपमा प्रविधिमैत्री बनाइँदै
त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण सेवालाई अनलाइन पद्धतिमा लैजाने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट प्रवाह हुने सबै सेवालाई आजदेखि शुरु गरेर आगामी जेठ १५ गतेदेखि पूर्ण अनलाइनमा सञ्चालन गर्न लागिएको छ ।
शुरुवाती चरणमा कार्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था मिलाएको छ । सूचनामा भनिएको छ, ‘मिति २०८२ वैशाख २ गते प्रातः ११ बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन …