रविलाई उम्क्याउने निर्णयको कागज खोज्दै युवराज महान्यायाधिवक्ता कार्यालयमा
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पासपोर्ट काण्डमा उन्मुक्ति दिने निर्णयको प्रमाणित प्रतिलिपि माग्दै महान्यायधिवक्ता कार्यालयमा निवेदन परेको छ ।
सर्वोच्च अदालतमा रिट हालेर लामिछानेको सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफलले आज रामशाह पथस्थित महान्यायाधिवक्ता कार्यालयमा निर्णयसम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गराएका हुन् । १५८२२ दर्ता नम्बर रहेको निवेदनमा लामिछानेमाथि मुद्दा चलाउन नपर्ने गरी महान्यायाधि…