अदालतमा बयान फेरेपछि सरकारी साक्षीविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेर्ने सरकारी साक्षीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरेको बाँकेको डुडुवा गाउँपालिका–१६, का मकरध्वज पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ ।
आयोगको नेपालगञ्जबाट खटिएको टोलीले गत माघ ११ गते सब–डिभिजन वन कार्यालय, राँझाका तत्कालिन सहायक वन अधिकृत नारायण पार्धेलाई सात हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अख्तियारका अनुसार…