औषधि खरिदमा ‘छ्याकन’ छुट्याएकाहरुलाई बबरमहलमा उभ्याउने तयारी
सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । औषधि खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा चलाएको छ ।
बगालेसहित लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव र काठमाडौंको मैतिदेवीस्थित हेल्पिङ्ग मल्टिपर्पोज प्रालिका प्रबन्धक निर्देशक माधवप्रसाद गौतमउपर मुद्दा दर्ता गरिएको आयोग…