कानुन बनाउँदा माफियातन्त्र हावी भएको भन्दै ज्ञानेन्द्रको ‘नोट अफ डिसेन्ट’
प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिबाट पारित सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
समितिका सभापति सन्तोष चालिसेले एकलौटी ढंगले विधेयक पारित गरेको भन्दै उनले फरक मत दर्ता गराएका हुन् । समितिको आज बसेको बैठकले विधेयक सर्वसम्मतले पारित गरेको छ ।
यद्यपि, विधेयकमा ‘सामान्य त्रुटि’ भन्ने शब्द झिक्नुपर्ने माग गर्दाग…