रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीको हिजो स्थगित बैठक अहिले बस्दै

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठक आज पनि बोलाएको छ । हिजोको बैठकमा कुनै निर्णय हुन नसकेपछि आज बिहान ११ बजे डाकिएको बताइएको छ । राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषय आज निर्णय हुने जनाइएको छ । ‘अहिलेसम्म कसलाई समर्थन गर्ने भनेर निर्णय लिइएको छैन । दुबैतिर छलफल चलिरहेको छ,’ नेता दीपक बोहराले भने, ‘राष्ट्रपति निर्वाचन र पार्टीको आगामी योजनाबारे छलफल गर्न आज बिहान पनि बैठक ब…