इतिहासकार तथा प्रशासक चित्तरञ्जन नेपालीको निधन
नेपाली इतिहासकार तथा प्रशासक चित्तरञ्जन नेपालीको निधन भएको छ । उहाँ ९२ वर्षको उमेरमा आज राजधानीको ओम अस्पतालमा बित्नुभएको हो ।
सामाजिक शास्त्र विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उहाँले २०१३ सालको मदन पुरस्कार पाउनुभएको थियो । नेपाल भाषामा समेत कलम चलाउनुभएका उहाँको खास नाम नारायणप्रसाद राजभण्डारी हो ।
प्रख्यात इतिहासकार नेपाली केही समय परराष्ट्र मन्त्रालयको सेवामा रहेपछि गृह मन्त्रालयमा सरुवा हुनुभएको थियो । उहाँले नेपाली भाषामा त्रि…