दुर्घटना

सशस्त्रका एसपी सुमन थपलियाको हृदयाघातबाट निधन

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र उपरीक्षक सुमन थपलियाको निधन भएको छ । नम्बर १३ गणका गणपति थपलियाको वीरगञ्जमा हृदयाघातबाट ज्यान गएको बताइएको छ ।  थपलियालाई आज दिउँसो १ बजे हृदयाघात भएको हो । उनको पार्थिव शरीरलाई साँझ काठमाडौं ल्याइएको छ ।  साँझ ६ बजे अल्टिच्युड हेलिकोप्टरमा थपलियाको शव काठमाडौं ल्याइएको हो ।  

Page 53 of 114