दुर्घटना

पुलमुनि पुरुषको टाउको

सर्लाहीको हरिवनमा पुलमुनि पुरुषको टाउको फेला परेको छ । पूर्व–पश्चिम राजमार्गमा रहेको लखनदेखी पुलमुनि युवा उमेरका पुरुषको टाउको फेला परेको बताइएको छ ।  स्थानीयले खोलाको किनारमा शरीर नभएको टाउको देखेपछि प्रहरीमा खबर गरेका हुन् । प्रहरीले घटनास्थलको प्रकृति र छिनालिएको टाउकोको अवस्थाको आधारमा केही समयअघि उक्त घटना भएको आशंका गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Page 54 of 114