श्रीलंकालाई हेर्दै मुलुकको अर्थतन्त्र बुझ्न आयल निगमका हाकिमको सुझाव
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले ऊर्जा व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिएका छन् । आज राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उक्त धारणा राखेका हुन् ।
श्रीलंकाको राजनीतिक, आर्थिक र मौद्रिक क्षेत्रको नेतृत्वले आफ्नो अवस्थाबारे जनतालाई वास्तविक जानकारी नगराएका कारण डरलाग्दो आर्थिक संकट भोग्नु परेकोतर्फ सबै सरकारी अधिकारीलाई सजग हुन उनले सुझाएका छन् । थानीले भने, ‘नेपाल सरकारले पनि बेलैमा द…