असार मसान्तभित्र अनुमति नलिए मधेशका स्वास्थ्य संस्था कारवाहीमा पर्ने
मधेश सरकारले प्रदेशका सबै निजी स्वास्थ्य संस्थालाई असार मसान्तभित्र अनिवार्य स्वीकृति लिन निर्देशनयुक्त चेतावनी दिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले कुनै निकायबाट स्वीकृत नभएका स्वास्थ्य संस्थालाई मापदण्ड पूरा गरी यही असार मसान्तभित्र अनिवार्य अनुमति लिन निर्देशन दिएको हो । अन्यथा, त्यस्ता स्वास्थ्य संस्थालाई कानूनबमोजिम कारबाही गरिने निर्देशनालयको चेतावनी छ ।
‘मधेश प्रदेशका विभिन्न पालिका जिल्लामा विभिन्न निकायबाट अनुमति लिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरु (निज…