राष्ट्रपतिको उपचार खर्चविरुद्धको रिट दरपीठ
राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयविरुद्ध पुगेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ ।
अधिवक्ता बिष्णु गिरी निश्चलले असार २४ गते पेश गरेको रिटलाई सर्वोच्च प्रशासनले आज दरपीठ गरिदिएको हो । रजिष्ट्रार निर्मला पौडेलको आदेशबाट सो रिट दरपीठ भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
दरपीठ आदेशमा राष्ट्रपतिको उपचार खर्चको कुरा नितान्त नीतिगत र कार्यपालिकाको क्षेत्राधिकार अन्तर्गत पर्ने भएकाले न्यायालयबाट निक्र्यौल हुने विषय न…