व्यापारीसँग कोठामा साँझ–बिहान
कहिले भरत सुवेदी, कहिले रामकृष्ण सुवेदी र विश्वप्रकाश सुवेदी । राजश्वमा यिनै सुवेदीको आतंक छ । पछिल्लो आतंकचाहिँ ‘पूर्वसिडिओहरू’ रामकृष्ण र विश्वप्रकाशहरूको हो । एकजनाले काठमाडौं र अर्काले धादिङ जिल्ला सम्हालेका ।
त्यसमा राजश्व अनुसन्धान विभागका डिजी रामकृष्णले चाहिँ शिक्षातर्फ डिग्री गरेका हुन् । यस्ताले लेखा, ब्यालेन्ससिट कसरी हेर्छन् त्यो त जिम्मेवारी दिनेलाई नै थाहा होला । चुनावलाई ध्यानमा राखेर व्यापारी तर्साउने ठाउँमा बसेका यिनले दामवालालाई राम्रैसँग अत्याउन …