जाली नोट छाप्नेकै हालिमुहाली
फूलपातीको दिन बिहान चारखालस्थित सदरखोरमा ५ वर्षदेखि थुनिएका रोजित सिंह अन्य बन्दीलाई चिया बाँड्दै थिए । त्यति नै बेला राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशैंको उपलक्ष्यमा १०३ जना कैदी बन्दीले आममाफी पाए । जसमध्ये एक थिए, उनै रोजित । कसैले ‘खुशखवरी’ सुनाउनेबित्तिकै चियाको ट्रे जहाँको त्यहीँ छाडेर झोला पोको पारी बाहिर निस्किए । पाठकवर्गलाई लाग्न सक्छ, किन यी मान्छे समाचार बने ? किनकि उनी कुनै सामान्य कसुरदार थिएनन् । सिंगो मुलुकलाई नै टाट उल्टाउन सक्ने नक्कली नोटक…