बिहानै ‘विशेष बात’
जापान भ्रमणमा निस्कनुअघि आइतबार बिहानै बालुवाटार पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझबुझपूर्ण कार्यशैली अपनाउन सुझाव दिएका छन् ।
उनको राय थियो, ‘चुनावको तयारी र संविधान कार्यान्वयनलाई सँगै लैजानुपर्छ । त्यसनिम्ति पहाड र तराईमा सहज वातावरण हुनु जरुरी छ । हतार गर्दा कुरा बिग्रिएला ।’ हौसिएर बोल्ने प्रचण्डको बानीले समस्या ल्याउला भन्नेमा रामचन्द्र एकदम सजग रहेछन् । यसैले भने, ‘एमालेसँग निहुँ खो…