समाचार

राजधानीमा देखियो नयाँ रोग

काठमाडौं उपत्यकामा नयाँ रोग देखिएको छ । यो कस्तो रोग भने कुनै व्यक्तिले एक दिनभन्दा बढी जग्गा राख्दै नराख्ने, बेचिहाल्ने । आज किन्यो भोलि बेच्यो । तर, चुरो कुरो भने बेग्लै रहेछ । यी सब काम कागजमा मात्रै हुने । त्यो पनि बिक्री मूल्यमा रु. ३० लाखमात्रै देखाएर । उपत्यकाका सात मालमोत कार्यालयमार्फत् साउनदेखि यता लगभग १०० वटा यस्ता कारोबार भएको स्रोत बताउँछ । जसले राज्यलाई करोडौं चुना लगाएको छ । मालपोत कार्यालयमा फोटोकपीको भरमा यसरी हुने किर्ते खेलमा कर्मचारीहरुको हात रहेको छ …