लाइसेन्स सक्कली,चालक नक्कली
दुर्घटनापछि आफू नै सवारी साधनको चालक रहेको बताउँदै नक्कली चालकलाई बचाउन प्रहरीसामु उपस्थित भएका एक जनालाई प्रहरीले पक्रेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६, पीपलडाँडाका ३० वर्षीय ईश्वर बस्नेत उक्त नौटंकीपछि प्रहरीको फन्दामा परेका छन् ।
उनलाई पक्रेर प्रहरीले आवश्यक छानबिन र अनुसन्धान अघि बढाएको छ । घटना विवरणअनुसार सोमबार राति २ बजे हेलम्बु गाउँपालिका वडा नम्बर २ ढोडेनीमा छ्वाली अनलोड गर्ने क्रममा मिनी ट्रकले ठक्कर दिँदा स्थानीय ३० वर्षीय…