कर्मचारीको निधन भएपछि आइतबार ल क्याम्पसमा शोक बिदा
नेपाल ल क्याम्पसमा आइतबार शोक बिदा दिइएको छ । परीक्षा शाखामा कार्यरत कर्मचारी कोकिला पनेरु (शर्मा) को मृत्यु भएपछि क्याम्पसले शोक बिदा दिएको हो ।
उपचारको क्रममा उनको हिजो निधन भएपछि शोक बिदा दिइएको क्याम्पस प्रमुख डा. डिएन पराजुलीले बताए । आइतबार क्याम्पसमा सञ्चालित बी.ए.एलएल.बी, एलएल.बी तथा एलएल.एम तहका पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने उनको भनाइ छ ।
‘कर्तव्यनिष्ट कर्मचारी श्रीमती कोकिला पनेरु (शर्मा) को मिति २०८०–१–२८ गते उपचारक…