श्रीमान्द्वारा चेली बेच्नेको सफाई
प्रमाणको पर्याप्ततासहित अभियोग प्रमाणित भएर मात्र के गर्नु, अदालत नै बांगिएपछि ! भारतको कोठीमा बेचिएर फर्किएकी कल्पना (नाम परिवर्तन) अहिले अदालतको त्यस्तो रवैयाका कारण छाँगाबाट खसेझैँ भएकी छन् ।
अनन्तलिंगेश्वर भक्तपुरमा डेरा गरी बस्ने कल्पना नयाँबानेश्वरस्थित निशा ब्युटी पार्लरमा कपाल बनाउन गएका बेला सलिना नामक युवतीसँग भेट भएको थियो । कामको खोजीमा रहेको थाहा पाएपछि सलिनाले कल्पनालाई भारतमा राम्रो काम पाइने भन्दै केही सम्पर्क नम्बर दिइन् । त्यसआधारमा उनी ०७२ फागुन २५ …