दलालहरुको दौडादौड
राजधानीका नदी उकासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न दलालहरुको दौडादौड शुरु भएको छ । विष्णुमति, बागमति, धोविखोला छेउछाउका झण्डै सय रोपनी जग्गा कहिले सर्वोच्चको आदेश त कहिले पुर्जाका नाममा दर्ता गर्ने खेलो शुरु भएको हो ।
०२१ सालको नापीमा पहिला नदी हिँडेको, तर पछि खोला अन्तै बग्न थालेपछि उक्सिएको जग्गा आफ्नो नाममा पार्न खोजिएको बताइन्छ । त्यसो त कतिपयसँग त्यस्ता जग्गाको लालपुर्जा पनि छ र त्यहाँ बसोबास पनि हुने गरेको छ । कतिपयले ठाडै जग्गा दर्ता गरिदिनु र कतिपयले प्रमाण…