बोलीमा अडिन नसकेको भन्दै प्रधानमन्त्रीलाई पद त्याग्ने सुझाव
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदमा बस्ने नैतिकता गुमाएको बताएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपति र राष्ट्रपति कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठाएका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका सांसद साहले प्रधानमन्त्री प्रचण्ड आफ्नो बोलीमा अड्न नसकेका…