प्रमकै जिल्लाबाट हुल प्रस्थान
झापा जिल्लाबाट प्रतिनिधित्व गर्ने केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । सबैभन्दा धेरै (४ पटक)कम्युनिष्ट प्रधानमन्त्री बनेर रेकर्ड राख्न सफल ओलीकै गृह जिल्ला झापाबाट मात्र वैदेशिक रोजगारीमा जाने युवाको संख्या ५ प्रतिशत हाराहारी रहेको एउटा तथ्यांक सार्वजनिक भएको छ ।
गत आर्थिक वर्ष ८ लाख ३९ हजार युवा रोजगारी खोज्दै विश्वका १५१ मुलुक पुगेका छन् । तिनैमध्ये झापाबाट मात्र ३८ हजार ८०० युवा मरुभूमितिर पुगेका हुन् । यो संख्यामा भारत पुग्ने कामदारको हिसाब …