रविलाई जेलको कोठा बाहिर बस्न सल्लाह
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई घाममा बस्न सल्लाह दिइएको छ । उनलाई भिटामिन–डी को कमी भएको जनाउँदै चिकित्सकहरुले भोजनमा ध्यान दिन र घाम लागेको बेलामा कोठा बाहिर बस्न सुझाव दिएको बताइन्छ ।
सहकारी ठगी प्रकरणमा गत वर्ष चैत २५ गतेदेखि पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गत शनिबार भैरहवा कारागारबाट नख्खु कारागार ल्याइएको छ । कारगार स्थान्तरण भएपछि कैदीको अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने भएकाले हिजो लामिछानेको रगत, श्वास, रक्तचाप परिक्षण…