सत्तारुढ ठूला दल सबै नेता जोगाउने अभियानमा : काँग्रेस महामन्त्री
नेपाली काँग्रेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताको मुद्दाभन्दा सहकारी प्रकरणमा सभापति जोगाउन चिन्ता भएको बताएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपालाई सभापति रवि लामिछानेको मात्र चिन्ता भएको दाबी गरेका हुन् ।
त्यस्तै उनले एमालेलाईसमेत गिरिबन्धु प्रकरणबाट अध्यक्ष जोगाउनुपर्ने चिन्ता भएको बताए ।
‘एउटा दललाई कसरी हुन्छ आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट जोगाउन सकियोस्,…